काठमाडौँ । सरकारले अस्ट्रेलिया र मलेसियाका लागि नेपाली राजदूतलाई थप जिम्मेवारी प्रदान गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अस्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवलाई न्यूजिल्याण्डको समेत गैरआवासीय राजदूत नियुक्त गरेका छन् ।
यस्तै मलेसियाका लागि नेपाली राजदूत डा नेत्रप्रसाद तिम्सिनालाई ब्रुनाई दारुसलामका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
