विराटनगर । दुई दिनसम्म चल्ने कोशी प्रदेश लगानी सम्मेलन २०२५ सुरु भएको छ।कोशी प्रदेश सरकारको आयोजनामा लगानी सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन्।
उद्घाटन शत्रको कार्यक्रममा बोल्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकार समृद्ध प्रदेशका लागि लगानीकर्ता र निजीक्षेत्रको वारेस बन्न तयार रहेको बताए।
उनले प्रदेश सरकारबाट कुनै झन्झटबिना काम तुरुन्त गरिने आश्वासन पनि दिए।प्रदेश विकासका लागि ८ वटा क्षेत्रका ७१ वटा परियोजना ‘सोकेस’मा राखिएको उनले जानकारी दिए।