धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो नैतिकता र चरित्र हरेक ठाउँमा खरो रुपमा प्रस्तुत गर्नसक्नु पर्ने बताएका छन्।
प्रदेश सरकार र मन्त्रीका बारेमा बिवादित अडियो सामाजिक सज्यालमा सार्वजनिक भएपछि उनले सम्बन्धित मन्त्रीलाई पदबाट राजिनामा दिन निर्देशन दिएको तर्फ केन्द्रीत गर्दै “नैतिकता र चरित्र बेच्नु हुदैन” हरेक ठाउँमा खरो रुपमा आफुलाई प्रस्तुत गर्नसक्नु पर्ने बताएका हुन् ।
शनिबार अछाम सेवा समितिको २२ औं वार्षिक साधारण सभा तथा अबिधेशनको उद्घाटन गर्दै उनले आफु स्पष्ट र जिम्मेवार भए जनताको मन जित्न सकिने समेत बताए ।
बिवादित अडियो बाहिरिएपछि मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीलाई पदबाट राजिनामा दिन निर्देशन दिएका थिए । सोही अनुसार चौधरीले पत्रकार सम्मेलनको आयोजना गर्दै पदबाट शनिबार नै राजिनामा दिएका थिए ।