धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीले राजीनामा दिएका छन् ।
वनमन्त्री चौधरीकोे आर्थिक लेनदेन अडियो रेकर्ड सार्वजनिक भएपछि मुख्यमन्त्री कमल शाहले चौधरीलाई राजीनामा दिन निर्देशन दिएका छन् ।
सोही अनुसार वनमन्त्री चौधरीले आज पत्रकार सम्मेलनको आयोजना गर्दै सो पदबाट राजीनामा दिएको बताएका हुन् ।