काठमाडौं – पछिल्लो समय नेपालमा ईभि अर्थात विद्युतिय सवारी साधनको आकर्षण बढ्दो छ। भन्सार विभागको पछिल्लो तथ्याङ्कअनुसार प्रतिमहिना १ हजारभन्दा बढी ईभि नेपाल भित्रिने गरेको छ।
चालु आर्थिक वर्षको ११ महिनामा मात्र २९ अर्ब भन्दा बढी रकमबराबर ११ हजार ४ सय ६६ यूनिट विद्युतिय सवारी आयात भएको छ। यस्तै यसवर्षको जेठ महिनामा मात्र ७ अर्ब ९१ करोड रुपैयाँ २ हजार ९ सय ६९ ईभि आयात भएको छ।
सडकमा ईभिको बाक्लो उपस्थिती देखिएपनि यसका प्रयोगकर्ताहरु भने सन्तुष्ट छैनन्। उनीहरुको असन्तुष्टि सवारीप्रति भन्दा पनि यसलाई चार्ज गर्ने क्रममा व्यहोर्नुपरिरहेको झन्झटका काराण हो। ‘‘ईभि प्रयोग गर्दा धेरै फाईदा र सुविधाहरु छन्,’’ ईभि प्रयोगकर्ता रमेश काफ्ले भन्छन्, ‘‘तर, चार्जिङ स्टेशनको भने समस्या नै छ।’’
1719077238.jpg)
ईभि प्रयोगकर्ताहरुको अनुपातमा चार्जिङ स्टेशनको व्यवस्था हुन नसक्दा ईभि प्रयोगकर्ताहरुले हैरानी खेप्नु परिरहेको हो। एकातिर ईभि आयातकर्ता कम्पनीहरुले प्रयाप्त मात्रामा चार्जिङ स्टेशनको सुविधा दिन सकेका छैनन् भने अर्कातिर नेपाल विद्युत प्राधिकरण पनि यसमा चुकेको देखिन्छ।
‘‘हेर्नुहोस पालो कहिले आउला भनेर लाइन लागेर बसेका छौ,’’ काठमाडौंको रत्नपार्कस्थित विद्युत प्राधिकरणमा भेटिएका एक ईभि प्रयोगकर्ता सुनाउछन्, ‘‘चार्जिङ स्टेशन एउटा मात्र छ, गाडी चाँहि यति धेरै।’’ ईभिको प्रयोग गर्दा पेट्रोलियमको खर्च जोगिए पनि त्यो भन्दा पनि महत्वपुर्ण समयको खर्च भएको उनको गुनासो छ।
ईभिको प्रयोगका लागि सरकारले उपभोक्ता र व्यवसायीहरुलाई प्रोत्साहन गरिरहेको देखिएपनि प्रयाप्त चार्जिङ स्टेशनको अभावले उपभोक्तालाई निरुत्साहित बनाइरहेको स्वयम् उपभोक्ताहरुकै अनुभव छ। ‘‘चार्ज गरौँ चार्जिङ स्टेशन एउटा मात्र छ,’’ विद्युत प्राधिकरणको भित्तामा टाँसेको सुचनातिर औंला तेर्साउदै एक उपझोक्ता भन्छन्, ‘‘चार्ज नभईञ्जेल कहिँ नजानु भनेर सुचना टाँसेको छ, तर बस्ने ठाँउ नै छैन।’’

वर्षेनि अर्बौ रुपैयाको ईभि आयात भईरहँदा राज्यले अर्बौ रुपैयाँ नै राजश्व पनि संकलन गरिरहेको छ। भंसार विभागकै तथ्याङ्कअनुसार यसवर्ष १३ अर्व ६ करोड रुपैयाभन्दा बढीको राजश्व संकलन भएको छ।
यद्दपी उपभोक्ताहरु भने आवश्यक सुविधा उपभोग गर्नका लागि सास्ती खेप्न बाध्य छन्। प्राधिकरण समस्या समाधानका लागि कम्तीमा पनि एक स्थानमा ७ देखि १० वटासम्म चार्जिङ स्टेशनको व्यवस्था गर्नुपर्ने उपभोक्ताहरुको सुझाव छ। साथै चार्ज गर्ने समयमा बस्नको लागि प्रतिक्षालयलगायत निर्माण गर्न सकेको ईभिप्रति उपभोक्ताहरुको आकर्षण अझै बढ्ने उनीहरुको बुझाई छ।
1719077238.jpg)