धनगढी। नेपालभरका उपमहानगरपालिकामा धनगढी उत्कृष्ट उपमहानगर भएको छ । धनगढीले संस्थागत विकास, सेवा प्रवाह र वित्तिय सुशासनका क्षेत्रमा सबभन्दा राम्रो काम गरेकाले उत्कृष्ट उपमहानगरपालिका भएको हो ।
देशकै उत्कृष्ट उपमहानगर घोषीत धनगढी उपमहानगरपालिकालाई नेपाल नगरपालिका संघले उत्कृष्ट नगरको रुपमा आज काठमाडौं एक कार्यक्रमका बीच पुरस्कृत गर्न लागेको छ।
देशकै उत्कृष्ट उपमहानगर हुन सफल धनगढी उपमहानगरलाई आज अपरान्ह काठमाडौंको लैनचौरस्थित द मल्ल होटलमा नेपाल नगरपालिका संघको ३० औं वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मान गर्ने जनाइएको छ ।
उत्कृष्ट उपमहानगरमा पर्न सफल भएर पुरस्कृत हुने भएपछि धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल पुरस्कार तथा सम्मान लिन काठमाडौं गएको उपमहानगरपालिकाले जनाएको छ ।
नेपाल नगरपालिका संघ सम्पूर्ण नगरपालिकाहरूको प्रतिनिधिमूलक संस्थाको रुपमा २०५० मा स्थापना भई नगरपालिकाहरूको साझा मुद्दा र हकहितको सवालमा वकालत र पैरवी गर्दै आएको संस्था हो ।