काठमाडौँ । रुकुम पश्चिममा स्वाबलम्बन लघुवित्त संस्थामा कार्यरत देव सिंह ठकुरीको अध्यक्षतामा लघुवित्त कर्मचारी मञ्च गठन गरिएको छ ।
लघुवित्त संस्थामा आबद्ध कर्मचारीहरूको हकहित र सुरक्षाको लागि लघुवित्त कर्मचारी मञ्च गठन गरिएको हो । आज मुसिकोटमा भएको भेलाबाट ठकुरीको अध्यक्षतामा ११ सदस्य कार्यसमिति चयन गरिएको हो ।
नवगठित मञ्चमा जिल्लामा विभिन्न क्षेत्रमा रहेका लघुवित्त संस्थामा कार्यरत कर्मचारीहरू आबद्ध भएको मञ्चका महासचिव गोविन्द थापाले जानकारी दिए । यस्तै भेलामा वर्तमान अवस्थामा लघुवित्तको क्षेत्रमा देखिएका समस्याहरू कसरी समाधान गर्ने, अराजक गतिबिधिहरुको कसरी सामना गर्ने लगाएको विषयमा पनि छलफल भएको महासचिव थापाले जानकारी दिए ।