धनगढी । धनगढीमा शुक्रबारदेखी मिस नेपाल २०२३ को छनौट प्रक्रिया सुरु हुने भएको छ। धनगढीस्थित रुवस होटलमा उक्त कार्यक्रम हुने आयोजकले जनाएको हो।
प्रतियोगितामा सहभागि हुन १६ वर्ष पूरा भई २७ वर्ष ननाघेको हुनु पर्ने द हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकरले बताए।
न्यूनतम ५ फिट ३ इन्च उचाइ पुगेको हुनु पर्ने उनले बताए। उनका अनुसार मिस नेपाल प्रतियोगितालाई थप पराकिलो बनाउन यो पटक सात वटै प्रदेशबाट अडिसन लिन लागिएको छ।
मिस नेपाल २०२३ को आवेदन चैत्र १, २०७९ (मार्च १५ २०२३) सम्म खुला रहनेछ। मिस नेपाल २०२३ को फाइनल ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा हुने आयोजकले बताएको छ।
गत वर्षको मिस नेपाल अर्थ २०२२ सरिता श्रेष्ठले मनिला, फिलिपिन्समा मिस अर्थ २०२२ प्रतियोगितामा सहभागी भएकी थिइन्।सरिशाले बेस्ट इको भिडियो (एसिया) जिन सफल भएकी थिइन्।
मिस नेपाल इन्टरनेशनल २०२२ न्यान्सी खड्का जापानको टोकियोमा आयोजित मिस इन्टरनेशनल २०२२ माल सहभागी भएकी थिइन्। श्रेष्ठ र खड्काले मिस नेपालमा आफ्नो व्यक्तिव विकास तथा संघर्ष गर्न सिकिने बताएकी थिइन्। यस्तै यस वर्षको मिस नेपाल प्रतियोगितामा डाबर वाटिका मुख्य प्रायोजक रहेको छ।