काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी कसैको इसारामा चलेको आरोप लागेको छ ।
राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रपति भण्डारीले कसैको इशारामा चलेर नागरिकता विधेयक रोकेकी बताएकी छिन् ।
बिहीबार पत्रकारहरूसँगको भेटघाटमा उपाध्यक्ष अर्यालले राष्ट्रको अभिभावक कुनै दल विशेषको इशारामा चल्न नहुने बताएकी हुन् ।
संवैधानिक अभिभावकको भूमिकामा नरही नागरिकता विधेयक रोकेको उपाध्यक्ष अर्यालले बताइन् । उही व्यहोराको नागरिकतासम्बन्धी अध्यादेश पारित गर्ने राष्ट्रपतिले नागरिकता विधेयक रोक्नुको कुनै औचित्य पुष्टि नभएको अर्यालको भनाइ थियो ।
त्यस्तै उनले संवैधानिक भूमिकामा रहने सबैले आफ्नो मर्यादा र सीमा नाघ्न नहुने बताइन् ।