काठमाडौँ । अन्टसन्ट बोलेर चर्चामा आएकी शर्मिला वाइबाले विषादी सेवन गरेकी छन्।
बुधबार राति काठमाडौँको बानियाँटारस्थित आफ्नै निवासमा वाइबाले विषादी सेवन गरेकी हुन्।हाल उनको वीर अस्पतालमा उपचार भइरहेको छ।
अस्पताल स्रोतका अनुसार वाइबाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ।वाइबाले आफूलाई सामाजिक अभियन्ता बताउँदै आएकी छन्।