काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आज नेपालगञ्ज विमानस्थलको स्थलगत अनुगमन गरेका छन् ।
उनले निर्माणाधीन नयाँ टर्मिनल भवनको विषयमा जानकारी लिँदै टर्मिनल भवन समयमा नै सक्न निर्देशन दिए । सन् २०१७ मा निर्माण भएको गुरुयोजनाका आधारमा नेपालगञ्जमा सुविधा सम्पन्न टर्मिनल भवन निर्माण थालिएको छ ।
३ अर्ब लागतमा निर्माण हुन लागेको भवनमा १४ टिकट काउन्टर, ७२ विभिन्न पसल, ३ भिजिट कक्ष लगायत रहने विमानस्थल परियोजनाले जनाएको छ । ३७ महिनाभित्रमा काम सक्ने लक्ष्य राखिएको टर्मिनल भवनमा अत्याधुनिक उपकरण र प्रविधिको प्रयोग हुने बताइएको छ ।
अनुगमनपछि नेपालगञ्ज विमानस्थलको स्तरोन्नति, विकास तथा विस्तारसम्बन्धी अन्तक्र्रियामा मन्त्री किरातीले नयाँ निर्माण हुन लागेको टर्मिनलको काम १० प्रतिशत पूरा भएको उल्लेख गर्दै छिटो काम गर्ने नाममा गुणस्तरलाई ध्यान दिनसमेत आग्रह गरे ।
हाल बुद्ध एअरले अनुमति पाएमा नेपालगञ्ज–दिल्ली, नेपालगञ्ज–चण्डीगढ र नेपालगञ्ज–देहरादुन हवाई उडान गर्न तयार भएको उल्लेख गर्दै डा. राणाले नेपाल पक्षबाट उक्त उडानको माग गरिदिन आग्रह गरेका छन् ।