काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले यसअघि सरकारी कोषबाट सुविधा लिइरहेका आजीवन सदस्यहरुलाई मासिक पारिश्रमिक नदिने बताएको छ ।
सोमबार पत्रकार सम्मेलन गर्दै प्रतिष्ठानले ‘दोहोरो सुविधामा रहेका आजीवन सदस्यहरुलाई प्रज्ञा प्रतिष्ठानबाट दिइदै मासिक पारिश्रमिक नदिने निर्णय गरेको’ बताएको हो ।
प्रतिष्ठानले नेपाल सरकार, विश्वविद्यालय, तथा अन्य निकायबाट निवृत्तिभरण लिइरहेका आजीवन सदस्यलाई फागुनबाट मासिक पारिश्रमिक नदिने निर्णय गरेको हो ।
