काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किराँतीले आगामी दिनमा गर्ने मुख्य १० वटा कामको सूची बनाएका छन्।
पदभार सम्हालेको ४२ दिनमा उनले आफूले सुधार गरेका कामहरुबारे जानकारी दिँदै आगामी प्राथिमकताका सूचीबारे जानकारी दिएका हुन्।
-पशुपति विश्वविद्यालय स्थापना गर्ने
-पशुपति सरसफाइ तीन महिने अभियान सञ्चालन गर्ने
-नेपाल नागरिक उड्डयन प्राधिकरणको क्षेत्रमा महिलामाथि हुने दुर्व्यवहारसम्बन्धी उजुरी -लिने स्थायी युनिट निर्माणको तयारी
-सरसफाइ अभियानलाई संस्थागत गर्न निर्देशिका तयार गरिने
-सम्पदा क्षेत्रमा (हप एण्ड हप अप) यातायत सञ्चालन गर्ने
-ग्राउनडेट जहाज छानबिन समिति गठन गर्ने
-हवाई नागरिक उड्ड्यन विद्येयक प्रक्रिया अगाडि बढाउने,
-गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न कूटनीतिक पहल थाल्ने
-भरतपुर विमानस्थल विस्तार गर्ने र नमस्ते पर्यटक सेवा विस्तार गर्ने