डडेल्धुरा। परशुराम नगरपालिकामा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।
कञ्चनपुरको दैजीबाट डडेल्धुराको भागेश्वर गाउँपालिकाको रुपालतर्फ आउँदै गरेको म १ ज २३८ नम्बरको जीप सोमबार दिउँसो दुर्घटना हुँदा भागेश्वर गाउँपालिका–२ का ५० वर्षीय वासुदेवी तिरुवाको मृत्यु भएको हो।
दुर्घटनामा चालकसहित ११ जना घाइते भएका छन्। ग्रामीण कच्ची सडकको परशुराम नगरपालिका–३ मट्यौलामा जीप पछाडि गर्नेक्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ।