नुवाकोट। नुवाकोटको बेलकोटगढी नगरपालिका–८ पाँचखलेमा खाना पकाउने ग्याँस बिस्फोट भएर आगलागी हुदाँ एक घर जलेर नष्ट भएको छ।
स्थानीय विष्णुनाथ पुडासैनीको घरमा आज बिहान ग्याँस विस्फोट हुदाँ उत्पन्न आगोले भूकम्प अघि नै निर्माण भएको दुई तले घर पूर्ण रुपमा जलेर नष्ट भएको हो।
ढुङ्गामाटोले बनेको घरमा आगो लागेसँगै त्यहाँ रहेका भाडावर्तन, धनसम्पत्ति, लत्ताकपडाहरु जलेर नष्ट भएको वडा न.ं ८ का वडाध्यक्ष सुरेश चित्रकारले जानकारी दिए।