काठमाडौं। बलात्कार आरोप लागेका पल शाहको मुद्दामा सुनुवाइ सकिएको छ।
आइतबार उच्च अदालत पोखराका न्यायाधिश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासमा शाहको मुद्दाको सुनुवाइ भएको थियो।
उनको मुद्दामा केहीबेरमा आदेश आउने सम्भावना रहेको उच्च अदालत पोखराका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिए।
शाहलाई जिल्ला अदालत तनहुँले माघ १३ गते सफाइ दिएको थियो। तर, उनी जेलबाट छुटेका थिएनन्।
उनलाई जिल्ला अदालत नवलपुरले पनि जबरजस्ती करणीको मुद्दामा सफाइ दिएको थियो। तर, बालयौन दुरुपयोगसम्बन्धी अभियोगमा दुई वर्ष ६ महिना कैद र १० लाख क्षतिपूर्तिबापत जरिबाना तोकेको थियो।
जिल्ला अदालत नवलपुरको बालयौन दुरुपयोगसम्बन्धी अभियोगमा दुई वर्ष ६ महिना कैद र १० लाख क्षतिपूर्तिबापत जरिबाना तोक्ने फैसलाविरुद्ध शाह उच्च अदालत पोखरा गएका थिए।
उनी हाल तनहुँ कारागारमा छन्।