काठमाडौं। काठमाडौं उपत्यकामा आज यसवर्षको पहिलो हिउँदे वर्षा भएको छ। आइतबार दिउँसो काठमाडौं उपत्यकामा आज यसवर्षको पहिलो हिउँदे वर्षा भएको हो।
पश्चिमी वायुको प्रभावका कारण काठमाडौंका विभिन्न स्थानमा वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
काठमाडौं उपत्यकामा पाँच महिनापछि वर्षा भएको हो। यसअघि असोज २८ गते मात्र उपत्यकामा पानी परेको थियो।
आइतबार उपत्यकासहित देशका पहाडी क्षेत्रमा मेघ गर्जन तथा चट्याङ्सहित हल्का वर्षा भएको हो।
तत्काल ठूलो वर्षा हुने सम्भावना भने नरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए। तर, एक–डेढ घण्टामै उपत्यकाका सबै क्षेत्रमा वर्षा हुने उनको भनाइ छ।