काठमाडौं। सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला ४ सय रुपैयाँले घटेको छ।
शुक्रबार तोलामा १ लाख २ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै, आज तेजावी सुनको मूल्य पनि तोलामा ४ सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।
महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।