पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाका–८ का वडाध्यक्ष रामबहादुर गुरुङले कर्मचारीमाथि हातपात गरेका छन् ।
उनको कुटपिटबाट असिस्टेन्ट सब इन्जिनियर लक्ष्मण जिसी घाइते भएका छन् । उनको नाकमा चोट लागेको छ ।
शुक्रवार बिहान गाउँपालिकाको होमस्टे लागत तयार पार्ने विषयमा विवाद हुँदा वडाध्यक्ष गुरुङले असिस्टेन्ट सब इन्जिनियर लक्ष्मण जिसीमाथि हातपात गरेका हुन् ।
असिस्टेन्ट सब इन्जिनियर जिसीले वडाध्यक्ष गुरुङबाट असुरक्षा भएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा सुरक्षा माग गर्दै उजुरी दिएका छन् । वडाध्यक्षलाई आवश्यक कारबाही गर्न पनि उनले माग गरेका छन् ।
