पोखरा । पोखरा फागुन १२ कास्की जिल्लाको मादी गाउँपालिका वडा नं.१२ भगवती टारमा प्रथम आलु महोत्सवको तयारी पुरा भएको छ ।
फागुन १३ गते शनिवार हुन गइरहेको आलु महोत्सव सम्पूर्ण तयारी पूरा भएको मादी गाउँपालिका वडा १२ का वडा अध्यक्ष कृष्णराज दाहालले बताए ।
भगवती टारको जग्गा आलुको लागि अति नै उर्वरा भूमि भएको यस क्षेत्रलाई मादी गाउँपालिकाको पकेट एरियाको रूपमा विकास गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको आचार्यले बताए ।
आलुबाट बनेका परिकारहरू, आलु सँग सम्बन्धित खुल्ला भजन प्रतियोगिता, ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुतिका साथै विविध सांस्कृतिक कार्यक्रमहरू महोत्सवका आकर्षणका कार्यक्रम रहेको संयोजक आचार्यले जानकारी दिए ।
यसै गरी खुल्ला भजन प्रतियोगितामा प्रथम पुरस्कार ८ हजार, द्धितिय पुरस्कार ५ हजार, तृतीय पुरस्कार ३ हजार र सहभागी समूहलाई सहभागी प्रमाण पत्र दिइने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा १५ समूहको सहभागिता रहने आयोजकको अपेक्षा रहेको छ ।
भगवती टार जाऔँ, अर्ग्यानिक आलुका परिकारमा रमाऔँ भन्ने नाराका साथ हुन गइरहेको मादी गाउँपालिका सह आयोजकको रहेको महोत्सवमा करिब २ लाख ५० हजार खर्च हुने र बाँकी बचत रकम हराभरा भगवती कृषक समूहको कोषमा जम्मा गरी कृषकको लागि कृषि कार्यमा खर्च गरिने उनले बताए ।
सबै सामाजिक सङ्घ संस्थाहरूलाई पत्राचार गरिसकिएको बताउँदै महोत्सवमा कम्तीमा पनि ७ सय दर्शकले महोत्सवको अवलोकन गर्ने उनले बताए ।
महोत्सवमा पुराना लोप हुँदै गएका ढिकी, जाँतो, सन्जेकी, मधुस, सिको, रोचा लगायतका सामग्रीहरू प्रदर्शनीमा राखिने मूल समारोह आयोजक समितिका सदस्य मनोज खत्रीले बताए ।