धनकुटा। महालक्ष्मी नगरपालिका –५ स्थित ज्यामिरेमा ७० वर्षीय मानबहादुर बस्नेतको हत्या भएको छ।
हत्या कसले र किन गर्यो भन्नेबारे खुल्न नसकेको प्रहरीले जनाएको छ।
बस्नेतको हत्या बिहीबार राति भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। महालक्ष्मी नगरपालिका–५ स्थित ज्यामिरेमा रहेको निजी घरमा सुस्त मनस्थिति रहेका भाइसँग बस्दै आएका बस्नेतको हत्या भएको हो।
उनका भाइ अर्को कोठामा सुतेको र अर्को कोठामा सुतेका बस्नेतको हत्या भएको पाइएको प्रहरीले जानएको छ।
शुक्रबार बिहान उनी बस्दै आएको घरमा घाँटीमुनिको भागसहित शव फेला परेको र टाउको करिब १ किलोमिटर पर फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका इन्सपेक्टर मानप्रसाद श्रेष्ठले जानकारी दिए।
घटनामा संलग्न व्यक्तिको खोजी थालिएको प्रहरीको भनाइ छ।