मकवानपुर । जंगली हात्तीको आक्रमणमा परी मकवानपुरमा पुनः एक जना पुरुषको मृत्यु भएको छ ।
बकैया गाउँपालिका–५, पावसका ५० वर्षीय सन्तलाल माझीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । प्रहरीका अनुसार बिहीबार राति ९ बजेको समयमा घर नजिकै बाख्रा खोरमा जाँदै गरेका माझी हात्तीको आक्रमणमा परी घाइते भएका थिए ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरकाका अनुसार हेटौंडा अस्पतालमा उपचारको क्रममा राति ११ बजे उनको मृत्यु भएको हो ।