काठमाडौँ । नेपाल प्रहरीका डीआईजी अशोक सिंहको राजीनामा स्वीकृत भएको छ । उमेर विवादपछि राजीनामा दिएका प्रहरीका नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहको राजीनामा गृह मन्त्रालयको पनि जिम्मेवारी सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहालले स्वीकृत गरेका हुन्।
राजीनामा स्वीकृत गरेको पत्र गृह मन्त्रालयले बिहीबार नै नेपाल प्रहरीलाई पठाइसकेको छ । बुधबार नै राजीनामा दिएका सिंहको राजीनामा सोही दिनदेखि नै लागू हुनेछ ।नेपाल प्रहरीका प्रवक्ता डीआजी पोषराज पोखरेलले राजीनामा स्वीकृत गरेको पत्र गृह मन्त्रालयबाट आएको जानकारी दिए ।
उमेर झुक्याएर सेवामा बहाल रहेको खुलेपछि उनले बुधबार प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखा पुगेर राजीनामा दिएका थिए ।