नुवाकोट। विदुर नगरपालिका वडा नम्बर ५ माझिटारमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा विदुर नगरपालिका वडा नम्बर ११ गेर्खुका विष्णु प्याकुरेल रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
पिपलटारबाट बट्टारतर्फ जाँदै गरेको बा.प्र.०२–०२२ प २७७२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडक छेउको कलबोटमा ठोक्किँदा प्याकुरेल गम्भीर घाइते भएका थिए।
उपचारको क्रममा त्रिशूली अस्पतालमा प्याकुरेलको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल पछाडि बसेका अस्थायी प्रहरी चौकी विदुरमा कार्यरत प्रहरी जवान भीमप्रसाद महत घाइते भएका छन्।
उनको टाउको र दाहिने हातमा गम्भीर चोट लागेको छ। उनलाई सामान्य उपचारपछि काठमाडौं पठाइएको छ।
घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।