कालिकोट। कालिकोटमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
कर्णाली मार्ग कालिकोटको तिलगुफा–५ को धनडामा कर्णाली प्रदेश ०२–००१ख ०३५६को मिनीट्रक बिहीबार बिहान दुर्घटना हुँदा चालक दैलेखको चामुण्डा बिन्द्रासैन नगरपालिका–७ का २८ वर्षीय छविप्रसाद चौलागाईंको मृत्यु भएको हो।
उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रवक्ता प्रहरी निरीक्षक सुबराज बमले जानकारी दिए।
दुर्घटनामा गम्भीर घाइते सहचालक सोही ठाउँका १८ वर्षीय दिनेश शाहीको कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ।
मुगुदेखि नेपालगन्जका लागि छुटेको उक्त ट्रक सडकदेखि करिब पाँच सय मिटर तल खसेको थियो।