कर्णाली । कर्णाली प्रदेश प्रहरी गण कार्यालय सुर्खेतमा कार्यरत एक जना प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् । दार्चुलाको अपि नगरपालिका –६ घर भई प्रहरी चौकी सुकाटिया कालीकोट दरबन्दी भएका २५ वर्षीय प्रहरी जवान कविन्द्र विक मृत भेटिएका हुन् ।
उनी प्रदेश प्रहरी गणमा काजमा कार्यरत थिए । उनको दाहिने कन्चटमा गोली लागेको छ । उनी राति १ बजेदेखि बिहान ३ बजेसम्मको ड्युटीमा खटिएका थिए । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले आन्तरिक ड्युटीमा खटिएका उनले आफैले बोकेको एसएलआरले आत्महत्या गरेको जानकारी दिए ।
उनका अनुसार विकले बिहान २ः५६ मिनेटमा आफैलाई गोली हानेर आत्महत्या गरेको र शव पोष्टमार्टमका लागि प्रदेश अस्पताल लगिएको छ । ड्युटी सकिनै लाग्दा भएको यो घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।