काठमाडौं। सुदूरपश्चिम प्रदेशको बाजुरामा आज दिउँसो बजेर ४५ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ।
जिल्लाको बिछ्या केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको हो। अन्य पहाडी तथा हिमाली जिल्लामा पनि भूकम्पको धक्का महसुस गरिएको छ।
दुई पटक भूकम्पको धक्का महसुस गरिएको स्थानीयले बताएका छन्। भूकम्पको क्षतिबारे अहिलेसम्म जानकारी आएको छैन।