नवलपरासी। पश्चिम नवलपरासीको सुस्ता हरकपुरमा दुई नाबालक छोरासहित गण्डक नहरमा हामफालेकी आमा मृत भेटिएकी छन्।
मंगलबार दुई छोरालाई साथै चुन्नीले बाँधेर नहरमा हाम्फालेका तीन जना मृत भेटिएका हुन्।
सुस्ता गाउँपालिका–२ सुकुम्वासी टोल निवासी २९ वर्षीया प्रतिमा थारुले ९ वर्षीय छोरा कृश र ७ वर्षीय सुमितसहित गण्डक नहरमा हामफालेकी थिइन्।
नहरमा बेपत्ता भएपछि प्रहरीले नहरको पानी बन्द गरेर खोजी गरी मृत अवस्थामा तीनै जनालाई फेला पारेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव निरीक्षक भोजराज पाण्डेले जानकारी दिए।
शवहरूको पोष्टमार्टम गरी घटनाको थप अनुसन्धान गरी रहेको जनाएको छ।