काठमाडौं। प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले राजीनामा दिएका छन्।
उनले बुधवार प्रहरी प्रधान कार्यालयमा पुगेर प्रहरी महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंहसमक्ष राजीनामा बुझाएका हुन्। हाल उनी सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख रहेका थिए।
उनी पछिल्लो समय नागरिकतामा उमेरसम्बन्धित विवादमा मुछिएका थिए। नागरिकताअनुसार यसअघि नै अवकाश पाइसक्नुपर्ने भएपनि राज्यलाई ढाँटेर बढुवा लिएको तथा गलत विवरण पेश गरी सेवामा बहाल रहेको आरोप सिंहमाथि लागेको थियो।
सिंहको नागरिकता र प्रहरी सिटरोलमा रहेको उमेर फरक–फरक भेटिएपछि प्रहरी प्रधान कार्यालयले आन्तरिक छानबिन थालेको थियो।
सिंह भावी आईजीपीको दौडमा थिए। सिंहको राजीनामापछि भावी आईजीपीको दौडमा डीआईजी वसन्त कुँवर, टेकप्रसाद राई र दीपक थापा मुख्य प्रतिष्पर्धी रहेका छन्।