काठमाडौँ । तिलगङ्गा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक तथा वरिष्ठ आँखा रोग विशेषज्ञ डा। सन्दुक रुइत ‘इसा अवार्ड’ बाट सम्मानित भएका छन् ।
बहराइनमा आज आयोजित कार्यक्रममा बहराइनका राजा सेख हमद विन इसा अल खालिफाले उनलाई अवार्ड प्रदान गरेको प्रतिष्ठानकी जनसम्पर्क अधिकृत सुनिता केसीले जानकारी दिए । उनका अनुसार बहराइनका राजा अल खालिफाले डा। रुइतलाई १० लाख डलर बराबरको अवाडसहित सम्मानपत्र प्रदान गरेका हुन् ।
‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले उनलाई आँखा उपचार गरेर अन्धोपन हटाउन खेलेको भूमिकाको योगदान गर्दै अवार्ड प्रदान गरेको हो । गएको माघ महिनामा डा. रुइतलाई यस संस्थाले ‘इसा अवार्ड’ दिने घोषणा गरेको थियो ।