झापा। बिर्तामोडमा मङ्गलवार एक युवकले आत्मदाहको प्रयास गरेका छन्।
बिर्तामोड नगरपालिका–७ का ३४ वर्षीय विजय चौधरीले दिउँसो साढे ४ बजे आफैँ शरिरमा पेट्रोल छर्केर आत्मदहको प्रयास गरेका हुन्।
मुक्तिचौकमा शरीरमा पेट्रोल छर्केर आगो झोसेका चौधरीको ढाडमा आगोले जलेर इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायक उपरिक्षक सुरज कार्कीले बताए।
घाइते चौधरीको बिर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भइरहेको छ।
घटनाबारे थप अनुसन्धान थालिएको छ।