हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका –४ स्थित मसिनेमा जंगली हात्तीको आक्रमणबाट एक वृद्ध महिलाको मृत्यु भएको छ ।
स्थानीय ६४ वर्षीया राधा अधिकारीको हात्तीको आक्रमणपछि उपचारको क्रममा भरतपुरस्थित मेडिकल कलेजमा सोमबार मृत्यु भएको हो ।
अघिल्लो वर्षसमेत हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्युभएको मनहरी गाउँपालिकाको हाँडिखोला क्षेत्रमा आइतबार साँझबाट जङ्गली हात्तीले आतङ्क मच्चाउन थालेका थिए ।