पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको प्रेस संयोजकमा सुशन घिमिरे नियुक्त भएका छन्।
अनेरास्ववियुको विद्यार्थी राजनीतिमा ०६३ सालदेखि सक्रिय घिमिरे ०६६ मै जिल्ला कमिटीमा आबद्ध थिए।
आमसञ्चार तथा पत्रकारितामा स्नातक तह उत्तीर्ण घिमिरेले व्यवस्थापनमासमेत स्नातक गरेका छन्।