जलेश्वर। महोत्तरीमा भतिजको चक्कु प्रहारबाट ७० वर्षीय काकाको मृत्यु भएको छ।
महोत्तरीको महोत्तरी गाउँपालिका–३ मडै गाउँ बस्ने वर्ष ७० का शिव महराको आफ्नै भतिजले चक्कु प्रहार गरेपछि मृत्यु भएको हो।
३० वर्षीय बिजेन्द्र महराले गएराति चक्कु प्रहार गरेका थिए। अण्डकोष आगाडि तिघ्रामा चक्कु प्रहार गरेलगतै घटनास्थलमै काकाको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।