तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारमा सञ्चालित डुम्रे सुनचाँदी पसलमा आगलागी भएको छ ।
आइतबार राति ९ बजे पसलभित्र आगलागी भएको हो । स्थानीय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय भानुले जनाएको छ ।
आगलागीका कारण नखुलेको र क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।