पोखरा। पोखराबाट पोखराकै बेगनासका लागि छुटेको यात्रुबहाक बस दुर्घटना भएको छ।
आइतबार दिउँसो ग १ ख ६७४७ नम्बरको बस डाँडाको नाक प्रहरी चौकी नजिक दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय गण्डकीले जानकारी दिएको छ।
प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रवक्ता प्रहरी नायव उपरीक्षक इन्द्र सुवेदीका अनुसार दुर्घटनामा ४० जना भन्दा धेरै यात्रु घाइते भएका छन्।
उनीहरु मध्ये ३ जनाको अवस्था गम्भीर छ। बसमा ४८ यात्रु रहेका थिए।
घाइतेको उद्वार गरेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र गण्डकी मेडिकल कलेज ल्याइएको छ।
बस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको भनाइ छ। दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ।