डोल्पा। त्रिपुरासुन्दरी नगरपालिका–२ मा पर्ने रसीमा माटोमा पुरिएर दुई कामदार गम्भीर घाइते भएका छन्।
आइतबार बिहान रसीस्थित माझगाउँभित्र झोलङ्गे पुल बनाउने क्रममा माटोमा पुरिएर जाजरकोट जिल्ला नलगाड नगरपालिका–५ का दुई युवा घाइते भएका हुन्।
घाइते हुनेमा नलगार्ड नगरपालिका–५ का १८ वर्षीय दीपेन्द्र शाही र २१ वर्षीय बद्री शाही छन्।
घाइते एक जनाको खुट्टामा फलामको छड छिरेको र अर्का एक जनाको खुट्टा पूरै पिसिएको छ।