काठमाडौँ । महाशिवरात्रिका अवसरमा २४ घन्टामा सात लाख भक्तजनले पशुपति दर्शन गरेका छन् ।
पशुपति क्षेत्र विकास कोषले ३० लाख भक्तजनले दर्शन गर्ने अनुमान राखे पनि शनिबार बिहान तीन बजेदेखि आइतबार बिहानसम्म सात लाख भक्तजनले पशुपतिनाथको दर्शन गरेका हुन् ।
शिवरात्रिका अवसरमा भक्तजनको अत्यधिक चाप भएकाले बाहिरी लाइन पाँचवटा बनाइएको थियो ।शनिबार रातभर मन्दिर खुला राखिएको छ ।
आइतबार बिहानभरि दर्शनार्थीको भिडभाड हुने अनुमान गरिएको छ ।शिवरात्रिका अवसरमा दर्शनार्थीबाट १५ लाखभन्दा बढी भेटी तथा दान–दक्षिणा संकलन भएको अनुमान गरिएको छ ।