काठमाडौँ । राइजिङ मलले पार्किङको नाममा ठग्ने गरेको पाइएको छ । दरबारमार्ग काठमाडौँमा रहेको सो मलले पार्किङको नाममा ठग्ने गरेको पाइएको हो ।
राइजिङ मलले एक घण्टा कार पार्किङ गरेबापत ७० रुपैयाँ लिँदै आएपनि उसले २० मिनेट पार्किङ गरे पनि पुरै ७० रुपैयाँ लिने गरेको पाइएको छ ।
आधा घण्टा पार्किङ गरेको ५० प्रतिशत लिनुपर्नेमा पुरै घण्टाको शुल्क लिने कार्य गलत भएको सेवाग्राहीहरूको भनाई छ ।
एक जना सेवाग्राहीले नेपाली पब्लिकसँग भने, ‘मैले कार २० मिनेट पार्किङमा राखेको थिए । तर सो मलले एक घण्टाकै ७० रुपैयाँ लियो । तर यसो गर्नु गलत हो । यो सरासर लुटतन्त्र हो ।’
