डोटी । डोटीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।दुर्घटनामा परि केआइसिंह–१ महादेव बस्ने बर्ष ३६ का चालक गोबिन्द शाही, र केआइसिंह–२ जारिमभाडी बस्ने बर्ष ४१ का सवार धन बहादुर तिरुवाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।
दुर्घटनामा परी ६ जना घाईते भएका छन् । केआईसिंह गाउँपालिका डुम्राकोट बस्ने बर्ष २७ को तेज तिरुवा र उनकी श्रीमती बर्ष २६ की राधा तिरुवा अवस्था गम्भीर रहेको छ ।
दुबै जनाको उपचारको लागी सुजङ अस्पताल राजपुर डोटी पठाएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिए ।
सामान्य घाईते सोही ठाउँका समीर तिरुवा, सुरज तिरुवा, लक्ष्मी तिरुवा र मीन लुहार सामान्य उपचार पछि घर फर्किएका छन् ।
दिपायलबाट घाँटलाया तर्फ जाँदै गरेको सु.प.प्र.०१२३००१ च ३३२९ नम्बरको जीप लोली भन्ने स्थानमा शुक्रबार राति साढे ११ बजेतिर दुर्घटनामा परेको थियो।