बुटवल। रुपन्देहीको देवदहमा श्रीमती र छोराछोरीको हत्या प्रयास गरेको आरोपमा एकजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा देवदह–९ कालिका टोलका ३९ वर्षका रामबहादुर बिक रहेका छन्।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार विकले सोमबार साँझ आफ्नै घरमा श्रीमती र छोराछोरीलाई भित्र थुनेर बाहिरबाट चुक्कल लगाई घरमा आगो लगाएका थिए।
घरको छानोमा आगो सल्किएर दन्किन थालेपछि घर भित्रबाट उनीहरुले हारगुहार गरेपछि गाउँलेहरु जुटेर उद्दार गरेका थिए।
आरोपित विकलाई पक्राउ गरी ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता गरिएको छ।