काठमाडौं। युट्यूवमा अन्तर्वार्ता दिएर भाइरल बनेका डिल्लीराम खनाल पक्राउ परेका छन्। उनलाई केन्द्रीय साइबर ब्युरोले शुक्रबार पक्राउ गरेको हो।
युट्यूव अन्तर्वार्तामा आफ्नो चरित्रहत्या भएको भन्दै अभिनेत्री करिश्मा मानन्धरले उजुरी दिएपछि खनाल पक्राउ परेका हुन्।
खनालले एक हप्ताअघि एक युट्युब च्यानलमा मानन्धर अमेरिका बस्दा एक पुरुषसँग लिभिङ टुगेदरमा बसेको दाबी गर्दै अन्तर्वार्ता दिएका थिए ।
थप अनुसन्धानका लागि खनाललाई अदालतबाट म्याद थप्ने ब्युरोले जानकारी दिएको छ।