पोखरा । प्रेस चौतारी कास्कीका सल्लाहकार केशव पाठकलाई मातृ शोक परेको छ । पाठककी आमा नैन कुमारी पाठकको ८० वर्षको उमेरमा आफ्नै निवासमा बिहीबार दिउँसो निधन भएको हो ।
पोखरा १७ बिरौटा निवासी स्व. पाठकको पछिल्लो समय रक्तचाप, मधुमेह लगायत रोगबाट प्रभावित भई उपचार चलिरहेको थियो । सल्लाहकार पाठकलाई मातृ शोक परेकोमा प्रेस चौतारी कास्कीले हार्दिक समवेदना प्रकट गरेको छ ।
चौतारीका सचिव रञ्जन अधिकारीले शोक विज्ञप्ति जारी गर्दै यस दुःखद घडीमा स्वर्गीय आमाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामना गरेका छन् । साथै, मातृ शोकमा रहेका सल्लाहकार पाठकसहित शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । स्व. पाठकका केशवसहित ४ छोरा, २ छोरी र श्रीमान् रहेका छन् ।
