काठमाडौँ । मुलुकभरका स्थानीय तहको सहभागिता गराउने उद्देश्यसहित काठमाडौँ महानगरपालिकाले आगामी चैत २४ र २५ गते न्यायिक समिति राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।
स्थानीय तहमा न्याय सम्पादनको अनुभव आदान-प्रदान गर्ने उद्देश्यका साथ सम्मेलन आयोजना गर्न लागिएको कामपाका उपप्रमुख एवं न्यायिक समिति संयोजक सुनिता डङ्गोलले जानकारी दिइन् ।
काठमाडौँमा हुने सम्मेलनमा देशभरका सबै स्थानीय तहलाई आमन्त्रण गरिने जनाइएको छ ।