काठमाडौं। मोरङको लेटाङ नगरपालिका–३ मा ट्याक्टरले किचेर सह–चालकको मृत्यु भएको छ।
मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीका अनुसार भित्री सडक खण्ड हुँदै पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २ त ३०९९ नम्बरको ट्याक्टरले किच्दा सहचालक मिलन राईको मृत्यु भएको हो।
सह–चालक लेटाङ–३ का १६ वर्षीय मिलन राई गुडिरहेको ट्याक्टरबाट लडेका थिए। ट्याक्टरबाट लडेपछि ट्याक्टरको चक्काले किच्दा राईको टाउको र मुखमा गम्भीर चोट लागेको थिया ।
उपचारका लागि विराटनगरको कोसी अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टरका चालक फरार छन्।
त्यस्तै, जुम्लाको पातारासी गाउँपालिका–६ वडीखोलीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति कर्णाली प्रदेश ००२००१ त ०४२७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो। दुर्घटनामा मृत्यु हुनेमा पातारासी–२ का अन्दाजी ५२ वर्षीय अमिर बोहोरा छन्।
ट्याक्टर चालक भने फरार रहेको प्रहरीले जनाएको छ।