काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर र उपमेयरले सरकारी निवासको सुविधा पाउने भएका छन्। कानून नै बनाएर महानगरले मेयर र उपमेयरलाई सरकारी निवासको सुविधा दिन लागेको हो ।
यसअघिका मेयरहरुले लैनचौरस्थित बेलायती दूतावास नजिकै रहेको भवनलाई सरकारी निवासको रुपमा प्रयोग गर्दै आएका थिए ।
यद्यपि पूर्वमेयर विद्यासुन्दर शाक्यले भने काठमाडौँमै निजी घर भएका कारण सरकारी निवास प्रयोग गरेका थिएनन् ।