चितवन। राप्ती नदीमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ११ का प्रशन्न न्यौपाने रहेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बुधबार बिहान रत्ननगर नगरपालिका वडा नम्बर ७ बद्रेनीस्थित राप्ती नदीमा शव तैरिरहेको अवस्थामा माझीले देखेर प्रहरीलाई खबर गरेका थिए।
घटनाबारे ईलाका प्रहरी टाँडीबाट खटिएको प्रहरी नायब उपरीक्षक नेतृत्वको टोली अनुसन्धान गरिरहेको छ।