कास्की। गण्डकी प्रदेश सरकारको स्थापना दिवसका अवसरमा फागुन ४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिइने भएको छ।
गत वर्ष चैत २३ गतेको बसेको मन्त्रिपरिषद् बैठकले यो वर्षका बिदाबारे निर्णय गरेको थियो।
बिदाको निर्णय प्रदेश राजपत्रमा प्रकाशित छ। २०७९ सालमा प्रदेशले दिने सार्वजनिक बिदामा प्रदेश सरकारको स्थापना दिन पनि समावेश गरिएको छ। सङ्घ सरकारले दिएका बाहेक पनि प्रदेश सरकारले वर्षमा ६ दिनसम्म बिदा दिनसक्छ।
गण्डकी प्रदेशको तत्कालीन मन्त्रिपरिषद्ले २०७९ मा असार २९ गते भानुजयन्ती, असोज २३ गते कोजाग्रत पूर्णिमा, फागुन ४ गते प्रदेश सरकार स्थापना दिवस र चैत १५ गते चैतेदशैंमा बिदा दिने निर्णय गरेको थियो।