काठमाडौँ । पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाणसँग नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले भेटवार्ता गरेका छन् ।
काठमाडौँमा भएको भेटमा दुई देशको आपसी सम्बन्ध, नेपालको राजनीति र समसामयिक विषयमा छलफल भएको छ ।पूर्व गृहमन्त्री खाणले विदेश सचिव क्वात्रासँग लुम्बिनी विकास कोषको गुरुयोजना निर्माणबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनीको भ्रमणमा आएको बेलामा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको कुराकानीबारे पुनः जानकारी गराए ।
भारतीय प्रधानमन्त्री मोदीले लुम्बिनीको भ्रमणका बेला लुम्बिनीको गुरुयोजना निर्माणमा सहयोग गर्ने बताए।त्यस्तै, पूर्व गृहमन्त्री खाणले भैरहवामा रहेको गौतमबुद्ध विमानस्थलमा नियमित उडानको वातावरण निर्माण गर्न वातावरण निर्माण गर्ने विषयमा क्वात्रासँग छलफल गरे ।
त्यस्तै, थप हवाई रुट दिन पहल गरिदिन पनि आग्रह गर्दै पूर्व मन्त्री खाणले भारतीय प्रधानमन्त्री मोदीले लुम्बिनी भ्रमणका क्रममा थप हवाई रुटबारे पहल गर्ने आश्वासन दिएको स्मरण गराए । पूर्व मन्त्री खाणले त्यसबारे पुनः प्रधानमन्त्री मोदीलाई सम्झाउन र पहल गर्न विदेश सचिव क्वात्रासँग आग्रह गरे ।