दैलेख। श्रीमतीको हत्या अभियोगमा एकजना पक्राउ परेका छन् ।
आफ्नै श्रीमती २७ वर्षीया पार्बती बिसीको हत्या गरेको अभियोगमा गुराँस गाउँपालिका-८ माथिल्लोगार्जा बस्ने २८ वर्षीय कृष्ण बहादुर खड्कापक्राउ परेका हुन्।
सामान्य वादविवाद हुँदा कृष्णले ढोकामा लगाउने काठको गरालोले टाउकोमा हान्दा पार्बतीको घटनास्थलमा नै मृत्यु भएको थियो।
उनलाई जिल्ला प्रहरी कार्यालय दैलेख र प्रहरी चौकी लालिकाँडाबाट खटिएको टोलीले पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।